Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • कर्णालीका मुख्यमन्त्री शाहीलाई विश्वासको मत, राप्रपाको पनि समर्थन

    कर्णालीका मुख्यमन्त्री शाहीलाई विश्वासको मत, राप्रपाको पनि समर्थन

    अनलाइन नेपाल
  • बुधबार, १५ मंसिर २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् ।

    बुधबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत पाएका हुन् ।



    प्रदेश सभा बैठकमा उनको पक्षमा २२ मत परेको सभामुख राजबहादुर शाहीले घोषणा गरे ।



    मुख्यमन्त्री शाहीलाई माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र राप्रपा नेपालले समर्थन गरेको छ ।

    कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका ६, माओवादी केन्द्र १२, नेकपा (एकीकृत समाजवादी) तीन र राप्रपा नेपालका एक जना सांसद छन् ।

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद अनुपस्थित भएपछि विपक्षमा भने मत नै परेको थिएन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार