Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अबदेखि ६७ देशबाट नेपाल आउने यात्रुहरुले ७ दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्ने, कुन-कुन देश छन् सामेल ?

काठमाडौं । पछिल्लो समय कोभिडको नयाँ भेरियन्ट (ओमिक्रोन) को संक्रमण बढेपछि सरकारले विभिन्न ६७ देशबाट नेपाल आउने यात्रुहरुलाई सात दिनसम्मको होटल क्वारेन्टिन अनिवार्य गरेको छ।

शुक्रबार अध्यागमन विभागले एक सूचना जारी गर्दै कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण बढिरहेका देशबाट आउने यात्रुलाई क्वारेन्टिन अनिवार्य गरेको हो । जसमा अफ्रिका, युरोप तथा एसियाली मुलुक समेत सामेल छन्।

विभागको सूचना अनुसार आफ्नै खर्चमा सात दिनसम्म होटल क्वारेन्टिनमा बस्नुपर्ने छ । साथै, कोभिड परीक्षण नेगेटिभ देखिएका व्यक्तिले थप सात दिन होम आइसोलेसनमा बस्नुपर्ने छ ।

कोभिड परीक्षण पोजेटिभ देखिएमा आइसोलेसन केन्द्र वा अस्पताल पठाइने छ।

यी हुन् ६७ देश:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077