Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पाकिस्तानमा विवाहको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, कैयौँ घाइते

एजेन्सी । पाकिस्तानमा एक बैवाहिक समारोहमा जान लागेको बस दुर्घटनाग्रस्त हुँदा बसमा सवार ९ जनाको ज्यान गएको छ ।

स्थानीय संचारमाध्यमहरुका अनुसार सो दुर्घटनामा परेर अरु कैयौँ व्यक्ति घाइते भएका छन् । घाइतेहरुलाई अस्पताल पुर्याइएको छ ।

शुक्रबार राति पञ्जाव प्रान्तको एक ग्रामीण सडकमा सो दुर्घटना भएको थियो ।

विबाहको भोजमा सहभागी हुन जान लागेको बस सडकबाट तल खसेको थियो । यसमा परेर घाइते भएकाहरुको अवस्था निकै नै गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ती घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या थप बढ्न सक्ने पनि प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077