Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रिय टिम तयारी संयोजकको जिम्मा राम गिरीलाई

काठमाडौं । नेपाल तेक्वान्दो संघले सिनियर राष्ट्रिय टिम तयारी उपसमितिको संयोजकको जिम्मा केन्द्रीय सदस्य राम गिरीलाई दिएको छ । संघको हालै सम्पन्न बैठकले गिरीलाई सिनियर टिम तयारी उपसमितिको संयोजक तोकेको हो ।

विगत लामो समयदेखि तेक्वान्दो प्रशिक्षणमा क्रियाशिल गिरी तालिम तथा प्रशिक्षण व्यवस्थापन समितिका सदस्य पनि छन् । यस्तै, समितिको अध्यक्षमा हरिश्वर पोखरेल छन्। यसैगरी सदस्यहरुमा कासिममियाँ धोबी, सुनील राजकर्णिकार, कुमार लामा घिसिङ, रामचन्द्र श्रेष्ठ र राजन उप्रेती छन् ।

यसैगरी जुनियर राष्ट्रिय टिम तयारी उपसमितिको संयोजक भने कुमार लामा घिसिङलाई तोकिएको छ । उपसमितिमा टिकादत्त दाहाल र विकेश बिडारी सदस्य छन् ।

यस्तै, राष्ट्रिय पुम्से टिम तयारीको संयोजकको जिम्मेवारी भने सुनील राजकर्णिकारलाई तोकिएको छ । यो उपसमितिको सदस्यहरु भने चयन हुन बाँकी छ ।

राष्ट्रिय पारा टिम तयारी उपसमितिको संयोजकको जिम्मेवारी कासिममियाँ धोबीलाई दिइएको छ । उपसमितिमा रामचन्द्र श्रेष्ठ र राजन उप्रेती सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077