Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मलेसियामा तीन वटा कार र एउटा ट्रक ठोक्किँदा दुई बालबालिकासहित १० जनाको मृत्यु

एजेन्सी । मलेसियाको सेलान्गोर राज्यको एक राजमार्गमा शुक्रबार अबेर राति भएको दुर्घटनामा परी आठ बालबालिकासहित १० जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् ।

दुर्घटनामा तीनवटा कार र एउटा ट्रक ठोक्किँएको थियो । रााति ११ः४२ मा एक संकट कल प्राप्त भएको सेलान्गोर फायर एण्ड रेस्क्यू डिपार्टमेन्टका निर्देशक नोराजाम खामिसले एक विज्ञप्तिमार्फत जानकारी दिएका थिए ।

यस दुर्घटनामा परी १७ जनाको ज्यान गएको जनाइए तापनि १० जनाको मृत्यु भएको पुष्टि भएको बताइएको छ । मृत्यु हुनेमा एक पुरुष र एक महिला रहेका छन् भने अन्य आठ जना बालबालिका रहेका छन् ।
'
बालबालिकामा पाँच केटा र तीन बालिका रहेका खामिसले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077