Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने, यस्तो छ कारण

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार बैठकमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई बोलाएकाले आफूहरू सहभागी नहुने भएको  हो ।

यद्यपि अहिलेसम्म सर्वदलीय बैठक आह्वानको सम्बन्धमा पत्र प्राप्त नभएको भट्टराईको भनाइ छ ।

यस्तै, एमालेका महासचिव शंकर पोखरेलले पनि आफ्नो पार्टीले मान्यता नदिएका दलहरू उपस्थित हुने बैठकमा आफूहरू सहभागी नहुने बताए ।

प्रधानमन्त्री सचिवालयका अनुसार बैठकमा सडक, ऊर्जालगायत मुलुकको भौतिक पूर्वाधार विकासमा अनुदानस्वरुप अमेरिकाबाट प्राप्त हुने रु ५५ अर्बभन्दा बढीको एमसिसी सहयोगलाई संसदीय अनुमोदनको प्रक्रियामा लैजाने विषयमा छलफल हुने बताइएको छ ।

बैठक भोलि आइतबार दिउँसो ४ बजे बस्दै छ।twitter sharing button





messenger sharing button

whatsapp sharing button






प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077