Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

प्रधानमन्त्री देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै, होला त गतिरोधको अन्त्य ?

काठमाडौँ । सर्वदलीय बैठक आज बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई सर्वदलीय बैठकमा बोलाएका हुन्। आज (आइतबार) दिउँसो ४ बजे बस्ने  गरी बैठक बोलाइएको हो । प्रधानमन्त्री निवास बालुवाटार बैठक बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।

बैठकमा संसद्मा जारी अवरोधलगायत मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल हुने प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । बैठकमा संसद्मा सहभागि सबै दलका शिर्ष नेताहरूलाई बोलाइएको छ ।

विगत लामो समयदेखि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरोध गर्दै आएकाले दुवै सदनका काम कारबाही प्रभावित हुँदै आएको छ ।

गत शुक्रबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री देउवासँगको भेटमा मुलुकको समसामयिक राजनीतिक विषय तथा संसद् अवरोधक खुलाउनलगायत विषयमा दलहरूबीच समान धारणा बनाउने उद्देश्यका साथ सर्वदलीय बैठक बोलाउन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077