Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

आज बोलाइएको सर्वदलीय बैठकमा एमाले सहभागी नहुने

काठमाडौँ । सर्वदलीय बैठक आज बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई सर्वदलीय बैठकमा बोलाएका हुन्। आज (आइतबार) दिउँसो ४ बजे बस्ने  गरी बैठक बोलाइएको हो । प्रधानमन्त्री निवास बालुवाटार बैठक बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।

बैठकमा संसद्मा जारी अवरोधलगायत मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल हुने प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । बैठकमा संसद्मा सहभागि सबै दलका शिर्ष नेताहरूलाई बोलाइएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने सर्वदलीय बैठकमा सहभागी नहुने बताएको छ ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार बैठकमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई बोलाएकाले आफूहरू सहभागी नहुने भएका हुन्।

एमाले बाहेकका संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरु भने सर्वदलीय बैठका सहभागी हुनेछन् ।

यसअघि शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेसँगै सर्वदलीय बैठक बोलाउने निर्णय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077