Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

सर्वदलीय बैठक बहिस्कार गर्ने एमालेको निर्णय

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले आजका लागि बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिस्कार गर्ने निर्णय गरेको छ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार बैठकमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई बोलाएकाले आफूहरू सहभागी नहुने भएका हुन्।

यसअघि २८ जेठमा सभामुखले र १४ असोजमा प्रधानमन्त्रीले बोलाएका सर्वदलीय बैठकमा पनि एमाले सहभागी भएको थिएन । ती बैठकमा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल सहभागी भएकाले एमाले नेताहरुले बैठक बहिस्कार गरेका थिए ।

बैठकमा संसद्मा जारी अवरोधलगायत मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल हुने प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे बस्दै छ।

यसअघि प्रधानमन्त्री देउवाले शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेट गरेसँगै सर्वदलीय बैठक बोलाउने निर्णय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077