Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अर्जुन दास हत्या प्रकरण: घटनाबारे शंकास्पद अडियो बाहिरियो, 'घाँटी र शरीर अलगअलग छ'

कैलाली । कैलालीका अर्जुन दास हत्या प्रकरणमा  प्रहरीले अनुसन्धान गरिरहेका वेला घटनाको जिम्मेवारी लिएको एउटा शंकास्पद अडियो बाहिरिएको छ ।

प्रहरी स्रोतका अनुसार आफूलाई मनोज नाम बताउने ती व्यक्तिले एक जनाको हत्या गरेको खुलाएका छन् । ‘एक/दुई दिनमा तपाईं खबर पाइहाल्नुहुन्छ, घाँटी अलग छ, शरीर अलग छ ।’ सामाजिक सञ्जालमा सार्वजनिक झण्डै तीन मिनेटको अडियोमा उनले भनेका छन्।

त्यतिकैमा अर्का व्यक्तिले कसको ? भनेर सोधेका छन् । जवाफमा उनले ‘जसको भएनी अलग छ । यति कुरा बुझ, जसमा कहाँ पुगिसकेँ’ भनेका छन् ।

प्रहरी स्रोतका अनुसार यो अडियो मृतकको श्रीमतीको मोबाइलबाट बरामद भएको हो । कसैले उनलाई पठाएको देखिएको छ, पठाउने व्यक्तिबारे पनि अनुसन्धान भइरहेको स्रोतको भनाइ छ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय कैलालीले अडियोबारे छानविन भइरहेको बताएको छ।

दासको शव  जानकी गाउँपालिका -९को अमरावती सामुदायिक वनमा नग्न बनाई टाउको अलग पारिएको अवस्थामा शनिबार साँझ भेटिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077