Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

बालुवाटारमा सर्वदलीय बैठक सुरु, एमालेले गर्यो बहिस्कार

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ।

यसअघि बालुवाटारमै बसेको सत्तारुढ गठबन्धनको बैठक सकिएलगत्तै सर्वदलीय बैठक सुरु भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

प्रधानमन्त्री देउवाले अवरोधरहित ढङ्गले संसद्को जारी अधिवेशन सञ्चालन गर्ने लगायतका विषयमा छलफल गर्न बैठक बोलाएका हुन् ।

यस्तै, बैठकमा सडक, ऊर्जालगायत मुलुकको भौतिक पूर्वाधार विकासमा अनुदानस्वरुप अमेरिकाबाट प्राप्त हुने रु ५५ अर्बभन्दा बढीको एमसिसी सहयोगलाई संसदीय अनुमोदनको प्रक्रियामा लैजाने, भुक्तानी सन्तुलन नकारात्मक हुँदा अर्थतन्त्रमा परेको चाप कम गर्न अपनाउनुपर्ने उपायजस्ता विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाहेकका संसदमा रहेका अन्य दलका नेताहरु सहभागी भएका छन्। एमालेले भने यसअघि नै बैठकमा सहभागी नहुने बताएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077