Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • महामन्त्री बनेपछि पहिलो पटक गगन थापा सर्वदलीय बैठकमा

    महामन्त्री बनेपछि पहिलो पटक गगन थापा सर्वदलीय बैठकमा

    अनलाइन नेपाल
  • आइतबार, ४ पुष २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगनकुमार थापा पहिलोपटक सर्वदलीय बैठकमा सहभागी भएका छन् ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको तर्फबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री थापालाई बैठकमा सहभागी गराएका हुन् ।



    बैठकमा कांग्रेसबाट सभापति देउवा, उपसभापति खड्का, महामन्त्री थापा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका तर्फबाट झलनाथ खनालको उपस्थिति रहेको छ।



    यस्तै, जसपाबाट डा बाबुराम भट्टराई र उपेन्द्र यादव, लोसपाबाट महन्थ ठाकुर र राप्रपाका बुद्धिमान तामाङ लगायतका नेताहरु सहभागी रहेका छन्। यसैगरी बैठकमा सत्तारुढ गठबन्धनको समन्वय समितिका संयोजक कांग्रेस नेता रामचन्द्र पौडेलले पनि सहभगिता जनाएका  छन् ।

    बैठकमा सडक, ऊर्जालगायत मुलुकको भौतिक पूर्वाधार विकासमा अनुदानस्वरुप अमेरिकाबाट प्राप्त हुने रु ५५ अर्बभन्दा बढीको एमसिसी सहयोगलाई संसदीय अनुमोदनको प्रक्रियामा लैजाने, भुक्तानी सन्तुलन नकारात्मक हुँदा अर्थतन्त्रमा परेको चाप कम गर्न अपनाउनुपर्ने उपायजस्ता विषयमा छलफल हुने बताइएको छ ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा संसद्‌मा एमालेद्वारा भइरहेको अवरोधका बिषयमा पनि छलफल हुने बताइएको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार