Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमालेलाई सर्वदलीय बैठकको आग्रह: असहमति प्रकट गर्ने नाममा संसदलाई बन्धक बनाउन मिल्दैन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बालुवाटारमा बसेको सर्वदलीय बैठक सकिएको छ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाहेकका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुका शिर्षस्थ नेताहरुको उपस्थिति रहेको थियो । बैठकपछि उपस्थित नेताहरुले एमालेलाई संसद अवरोध नगर्न आह्वान गरेका छन् ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार बैठकले आफ्ना असहमति प्रकट गर्ने नाममा जननिर्वाचित संसदलाई बन्धन नबनाउन एमालेलाई आग्रह गरेको छ।

‘विरोध गर्ने र असहमति प्रकट गर्ने मूल थलो संसद नै हो तर जननिर्वाचित संस्थालाई लामो समय बन्धक बनाउनु उचित होइन’ कार्कीले बैठकको निष्कर्ष सुनाउँदै भने, ‘प्रतिपक्षले उठाएको विषयमा संवाद गर्न र उपयुक्त सहमति खोज्न सरकार तयार छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077