Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमसीसीलाई टुंगोमा पुर्याउन ३ सदस्यीय कार्यदल गठन

काठमाडौँ । सत्तारुढ गठबन्धनले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोसेशन (एमसीसी)बारे टुंगोमा पुग्न ३ सदस्यीय कार्यदल गठन गरेको छ ।

कार्यदलमा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, नेपाली काँग्रेसका नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ रहेका छन् ।

स्रोतका अनुसार आइतबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ ५ दलीय गठबन्धनको बैठकले एमसीसी सम्झौताको टुंगोमा पुग्न तीन नेतालाई जिम्मेवारी दिएको हो ।

कार्यदलका सदस्य रहेका मन्त्री कार्की भने यसअघि एमसीसी सम्झौताका हस्ताक्षरकर्ता समेत हुन् । यस्तै, नेता खनाल यसअघि नेकपाद्वारा गठित एमसीसी सम्बन्धी कार्यदलका समेत संयोजक थिए ।

कार्यदलमा रहेका माओवादी नेता श्रेष्ठ र खनालले एमसीसी यथास्थितिमा पारित हुन नसक्ने बताउँदै आएका छन् । कार्यदलको गठन र गठबन्धनको बैठकलगत्तै बालुवाटारमा सर्वदलीय बैठक बसेको थियो । सो बैठकमा काँग्रेसबाहेक सबै दलका नेताले एमसीसी यथास्थितिमा पारित हुन नसक्ने अडान राखेका थिए ।

सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी एमाले भने अनुपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077