Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

सर्वदलीय बैठक : एमालेले उठाएको विषयमा छलफल गर्न सरकार तयार

काठमाडौँ। प्रमुख प्रतिपक्ष नेकपा एमालेले उठाएको विषयमा छलफल गर्न तयार रहेको सरकारले जनाएको छ।

आइतबार प्रमुख प्रतिपक्षी नेकपा एमाले बाहेक संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठकपछि बालुवाटारमा सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले प्रतिपक्षले उठाएको विषयमा छलफल गर्न सरकार तयार रहेको बताएका हुन् ।

सर्वदलीय बैठकमा संघीय संसद अवरुद्ध हुँदा नियमित काम र भूमिका प्रभावित भएको बारे छलफल भएको उनले जानकारी दिए ।

'संसदलाई लामो समय बन्धक बनाउनु राम्रो होइन, शशक्त प्रतिपक्ष हुनुपर्छ भन्दैमा संसद चल्न नदिने भन्ने हुँदैनु उनले भने,' संसद निरन्तर अवरुद्ध हुँदा लोकतन्त्र कमजोर हुन्छ भन्नेबारे बैठकमा छलफल भयोु उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077