Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

देउडा गायक जोशीमाथि कुटपिट

काठमाडौँ। देउडा गायक भानुभक्त जोशीमाथि निर्घात कुटपिट भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका-६ सित्तड घर भएका जोशीमाथि शनिबार राति कुटपिट भएको हो । आफूलाई दार्चुलाको शैल्यसिखर नगरपालिका-९ स्थित गोकुलेश्वर बजारका व्यापारी रुपेश साउदले कुटपिट गरेर घाइते बनाएको जोशीले बताए ।

उनले भने,‘हामी दिनभरी भिडियो छायांकनमा थियौं । साँझ म एक्लै होटलमा पुग्दा उनीहरूको ग्रुप आयो । मलाई गालिगलौज गर्न थाले । मैले बोल्न खोज्दा कोठाभित्र लगेर कुटपिट गरे । मलाई मार्ने योजना रहेछ । भागेर बल्ल ज्यान जोगाउन सफल भएँ ।’ कुटपिट गर्ने व्यक्ति दुई जना रहेको र आफू एक्लै भएको घाइते जोशीले बताए । आफूलाई मदिरा सेवन गरेर कुटपिट गरेको जोशीको भनाई छ ।

कुपिटबाट घाइते भएका जोशीलाई माया मेट्रो अस्पतालले रिफर गरेको थियो । उनको अहिले धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077