Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्लाहीमा ट्रकको ठक्करबाट एक विद्यार्थीको मृत्यु

सर्लाही । सर्लाहीमा ट्रकको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ ।

आज (सोमबार) विहान जिल्लाको लालबन्दी नगरपालिका वडा नम्वर ९ स्थित पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत बस्तीपुर चोकमा ट्रकको ठक्करबाट विद्यार्थीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ७९९० नम्वरको ट्रकले ठक्कर दिँदा लालबन्दी नगरपालिका वडा नम्वर ९ स्थित जनज्योति माविमा कक्षा ९ मा अध्ययनरत एक विद्यार्थीको मृत्यु भएको हो । मृत्यु हुनेमा चन्द्रनगर गाउँपालिका वडा नम्व १ का १६ वर्षीय दीपेन्द्रकुमार यादव रहेको सर्लाही प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरीक्षक निर्मल थापाका अनुसार टियुसन पढ्न जाने क्रममा पैदल हिडिरहेका बेला विद्यार्थीलाई ट्रकले ठक्कर दिएको थियो ।

ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077