Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ओली गफाडी नम्बर वान हुन्, उनको नाम गिनिज बुकमा लेखिदिए हुन्छ: माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गफाडी दिएका छन्।

सोमबार समाजवादी प्रेस संगठनले पुस ५ को सन्दर्भमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले आगामी निर्वाचनमा कुनै पनि दलको बहुमत आउने सम्भावना नभएको तर ओलीले भने बहुमत ल्याउने गफदिएको बताए।

कार्यक्रममा एमाले अध्यक्ष ‌ओलीको चर्को आलोचना गर्दै अध्यक्ष नेपालले भने, 'ओली गफाडी नम्बर वान हुन भनेर गिनिज बुकमा नाम लेखिदिए हुन्छ ।'आगामी चुनावमा कसैले पनि बहुमत आउँदैन ।'

'राष्ट्रियसभा र उपनिर्वाचनमा गठबन्धनबाट चुनाव लड्ने हाम्रो सहमति भइरहेको छ,' नेपालले भने । नेपालले ओलीलाई सुध्रिन र गल्ति महसुस गर्नका लागि आफूहरुले अझै आग्रह गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077