Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कैलालीका अर्जुन दास हत्या प्रकरण: अडियोसँग सम्बन्धित एक व्यक्ति पक्राउ

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले जिल्लाको जानकी गाउँपालिका–९ घर भएका २५ वर्षीय अर्जुन दासको हत्यामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

अनुसन्धानका लागि एकजना युवकलाई नियन्त्रणमा लिइएको बताइए पनि उनको नाम भने सार्वजनिक गरिएको छैन ।

शनिबार टाउको काटेर छुट्याएको अवस्थामा स्थानीय अमरावती सामुदायिक बनमा शनिबार अर्जुनको शव भेटिएको थियो । हत्यापछि उनको कपडा निकालेर सो कपडाले रुखमा बाँधेको अवस्थामा उनको शव भेटिएको थियो ।

हत्यापछि एक मनोज नामको व्यक्तिले पठाएको फोन संवादको अडियो मृतककी पत्नी धर्मादेवी दासको फेसबुक म्यासेन्जरमा भेटिएको थियो ।

सो अडियोसँग सम्बन्धित व्यक्तिलाई पक्राउ गरिएको प्रहरीको स्रोतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077