Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कांग्रेस खुलातर्फको महिला केन्द्रीय सदस्यमा आरजु राणा डेढ सय मतले पछाडि, डिला र पुष्पा अगाडि [अपडेट]

    कांग्रेस खुलातर्फको महिला केन्द्रीय सदस्यमा आरजु राणा डेढ सय मतले पछाडि, डिला र पुष्पा अगाडि [अपडेट]

    अनलाइन नेपाल
  • सोमबार, ५ पुष २०७८
  • 2K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फको महिला केन्द्रीय सदस्यमा आरजु राणा देउवा डेढ सय मतले पछाडि परेकी छन् ।

    कांग्रेस निर्वाचन समितिका अनुसार जारी मतगणनामा पहिलो स्थानबाट आरजु १५२ मतले पछाडि रहेकी छिन् । हाल आरजु तेस्रो स्थानमा रहेकी छिन्।



    समितिका अनुसार २०६५ मत गनिसक्दा आरजुले १११६ मत पाएकी छन् । उनीभन्दा डेढ सय मतले अगाडि डा. डिला संग्रौला १२६८ मतसहित पहिलो स्थानमा छिन् ।



    त्यस्तै, डिलाभन्दा ७२ मतले पछाडि पुष्पा भुसाल ११९६ मतसहित दोस्रो स्थानमा छिन् ।

    यसैगरी, चौथों स्थानमा रहेकी अम्बिका बस्नेतको ९९८ मत रहेको छ । ईश्वरी न्यौपाने ९८५ मतसहित पाँचौ स्थानमा रहेकी छन् । छैंटौं स्थानमा रहेकी सरिता प्रसाईले ९४९ मत पाएका छन् ।

    सातौं स्थानमा रमा कोइरालाले ८१३, आठौंमा रहेकी सुशीला ढकालले ७९४ र नवौं स्थानमा रहेकी रंगमती शाहीले ७८० र दशौं स्थानमा रहेकी अनिता देवकोटाले ७७४ मत पाएकी छन् ।

    खुला तर्फको महिलामा ९ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार