Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एमसीसी कुनै ऋण होइन अनुदान हो, पारित हुन्छ: गृहमन्त्री खाँण

जनकपुरधाम । गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित हुने बताएका छन् ।

मंगलबार नेपाली काँग्रेस प्रदेश २ को अधिवेशनलाई केन्द्रीत गरेर जनकपुरधाम आइपुगेका बेला गृहमन्त्री खाँणले एमसीसी नेपालको विकासका लागि नेपालकै प्रस्तावमा आएको भन्दै पारित हुने बताए ।

‘एमसीसीको परियोजना कुनै ऋण होइन, यो निःशर्त अनुदान हो, गठबन्धनको दलहरुको सहमतिको आधारमा यो पारित हुन्छ,' पत्रकारहरुसँगको कुराकानीमा मन्त्री खाँणले भने।

एमसीसीको बारेमा जनतामा केही भ्रम छरिएको मन्त्री खाँणको भनाइ छ। उनले एमसीसी नेपाल सरकारले विद्युतीकरण र विद्युतीकरणको परियोजना तथा सडक निर्माण परियोजनाका लागि निःशर्त अनुदान दिन बताए ।

‘अमेरिकी सरकारले एमसीसीको माध्यमबाट मुख्यतः गरिबी निवारण र रोजगारीसँग सम्बन्धित परियोजना सञ्चालन गरिरहेको छ,' मन्त्री खाँणले भने, 'यसमा अन्य कुनै भ्रम छैन्।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077