Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गगनलाई आशिर्वाद दिँदै सिटौलाले भने- विगतका तितामिठा कुरा बिर्सेर काम गर्नू

काठमाडौं ।  नेपाली काँग्रेसका नवनिर्वाचित महामन्त्री  गगनकुमार थापाले नेता कृष्णप्रसाद सिटौलाबाट बधाई तथा आशीर्वाद ग्रहण गरेका छन् ।

मंगलबार सिटौला निवास चण्डोल पुगेका महामन्त्री थापालाई सिटौलाले आशीर्वादसहित टीका र खादा लगाइदिएका हुन् ।

पार्टीको १४औं महाधिवेशनमा महामन्त्रीमा निर्वाचित भएको एक सातापछि थापा मंगलबार नेता सिटौला निवास पुगेर आशीर्वाद मागेका हुन्।

यसअघि कांग्रेसको १३औं महाधिवेशनमा थापा र सिटौला एउटै समूहमा थिए । सिटौला सभापति र थापा महामन्त्रीका उम्मेदवार थिए । दुवै पराजित भए ।

त्यसपछि थापा सिटौला समूहबाट रामचन्द्र पौडेल समूहमा लागे । १४औं महाधिवेशनमा थापा डा.शेखर कोइराला समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएका थिए। उनले तीन हजारभन्दा बढी मत ल्याएर चुनाव जिते।

महामन्त्री थापाले आशीर्वाद मागेपछि सिटौलाले पार्टीलाई एकढिक्का बनाएर लैजान सुझाव दिएका थिए । उनले विगतका तितामिठा कुरा बिर्सेर काम गर्न सल्लाह दिएको थापा निकट नेताहरुले बताए।

आइतबार मात्रै कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा नेता सिटौला निवास पुगी आशीर्वाद मागेका थिए । थापा र शर्मा पुस १ गते महामन्त्रीमा निर्वाचित भएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077