Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

छुट्टाछुट्टै दुई स्थानमा कुटपिट हुँदा दुई जनाको मृत्यु

काठमाडौँ । संखुवासभाको छुट्टाछुट्टै दुई स्थानमा भएको कुटपिटबाट दुई जनाको मृत्यु भएको छ । कुटपिटबाट पाँचखपन नगरपालिका ३ की २९ वर्षीया विष्णुमाया राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारी जानकारी दिए ।

प्रहरीले विष्णुमायाको हत्यामा संम्लग्न भएको आरोपमा श्रीमान दिपन राईलाई नियन्त्रणमा लिएको प्रहरी निरिक्षक अधिकारी बताए ।

त्यसैगरी  मंगलबार खाँदबारी नगरपालिका–११ मा जीवन दर्जीको कुटपिटबाट ३० वर्षीय चन्द्रबहादुर दर्जीको पनि  मृत्यु भएको भएको छ । विवादमा कुटपिट हुँदा चन्द्रबहादुर गम्भीर घाइते भएका थिए । गम्भीर घाइते चन्द्रबहादुरको उपचारका क्रममा जिल्ला अस्पताल संखुवासभामा मंगलबार दिउँसो मृत्यु भएको हो । हत्यामा संम्लग्न भएको आरोपमा जीवन दर्जीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077