Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

ओछ्यानमा पिसाब नफेरोस् भनेर छात्रको लिंग बाँधेर यातना दिने होस्टल वार्डेन पक्राउ

काठमाडौँ। विद्यार्थीलाई यातना दिएको अभियोगमा होस्टल वार्डेनलाई मंगलबार कास्की प्रहरीले पक्राउ गरेको छ ।

राति सुत्त्दा ओछ्यानमा पिसाव फेरेको भन्दै नाबालकको लिंगमा रबरले बाँधेर यातना दिने पोखरा–१५ गलेश्वर चोकमा रहेको न्यू लाइफ स्कुलकी वार्डेन जानुका नेपालीलाई  प्रहरीले पक्राउ गरेको हो ।

विद्यालयको होस्टलमा बस्ने ६ वर्षीय बालकलाई राति ओछ्यानमा पिसाव फेर्न नदिन यौनांगमा रबरले बाँध्ने गरेको खुलेको छ ।

होस्टेलकै अर्का विद्यार्थीले सोमबार विद्यालयकै एक शिक्षिकालाई सुनाएपछि वार्डेनले बालकलाई यातना दिने गरेको सार्वजनिक भएको थियो । शिक्षिकाले बालकलाई हेर्दा पेट फुलेको र रोइरहेको अवस्थामा थिए । आफुले गल्ति गरेको र अब यस्तो गलत काम नदोहोर्याउने भन्दै  लिखित समझदारी गरेकी थिइन् ।

नुवाकोट पञ्चकन्या गाउँपालिका–२ स्थायी घर भई हाल पोखरा–१४ बस्ने २७ वर्षीया नेपालीलाई बालबालिका विरुद्धको कसुरमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दीपक केसीले बताए ।  कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी घटनासम्बन्धि  थप अनुसन्धान भइरकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077