Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जग्गा खरिद गरिदिने भन्दै एक करोडभन्दा बढी पैसा ठगी गर्ने दुर्गा बहादुर थलीबाट पक्राउ

काठमाडौँ। जग्गा खरिद गरिदिन्छु भन्दै पैसा लिएर जग्गा बैना गरी नामसारी नगरी एक करोडभन्दा बढी पैसा ठगी गर्ने दुर्गा बहादुर भण्डारी पक्राउ परेका छन् ।

महानगरिय प्रहरी परिसर काठमाडौंले संखुवासभा जिल्ला धर्मदेवी न.पा.२ घर भई हाल काठमाडौँ जिल्लाको बौद्ध बस्ने ५३ बर्षका भण्डारीलाई कागेश्वरी मनहरा नगरपालिकाको थलीबाट पक्राउ गरेको हो ।

भण्डारीले जग्गा बैना गरेर नामसारी नगरी खातामा पैसा नभएको चेक दिई पैसा फिर्ता लिनु भन्दै ठगी गर्दै आइरहेको भन्ने उजुरीको आधारमा  खोजतलास गर्दा काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका वडा नं.६ थली स्थित लुकिछिपी हिडिरहेको अवस्थामा फेला पारी  पक्राउ गरेको हो।

भण्डारीले हालसम्म भण्डारीले ८ जनाबाट १ करोड ६६ लाख बढी ठगी गरेको अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077