Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पेस्तोल देखाई गहना लुटेर भाग्दै गरेका तीन लुटेरा गैंडाकोटकी इन्सपेक्टरको जालमा

गैंडाकोट । इलाका प्रहरी कार्यालय गैंडाकोटले पेस्तोल देखाएर गहना लुटेर भाग्दा भाग्दै तीन जनालाई पक्राउ गर्न सफल भएको हो । इप्रका गैंडाकोटकी इन्सपेक्टर लक्ष्मी पाण्डे नेतृत्वको टोलीले लुटेरालाई पक्राउ गर्न सफल भएको हो ।

सोमबार पूर्वी नवलपरासीको गैंडाकोटमा तीन जनाले गैंडाकोट नगरपालिका–१६ अमरापुरीस्थित पसलमा बसिरहेकी ४७ वर्षीया महिलाको सुनको सिक्री लुटेर भागेका थिए । प्रहरीले तत्कालै उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा नवलपरासी (पश्चिम) रुपौलिया गाउँपालिका–१ बस्ने २२ वर्षीय राम बहादुर क्षेत्री, गैँडाकोट नगरपालिका–१४ बस्ने ३४ वर्षीय आशिष सुनार र नवलपरासी ९पश्चिम० सुस्ता गाउँपालिका–९ बस्ने २० वर्षीय संजय गुरुङ रहेका छन् ।

ती महिला पसलमा बसिरहेको अवस्थामा लु.४० प ८४३६ नम्बरको मोटरसाइकलमा आएका ३ जनाले हतियार देखाई सुनको सिक्री लुटेर भाग्न खोजेका थिए ।  त्यसलगत्तै प्रहरी कार्यालय गैंडाकोट र अस्थाई प्रहरी पोष्ट बेल्डिहाबाट खटिएको प्रहरीले राम बहादुर क्षेत्रीलाई तत्काल पक्राउ गरेको थियो ।

प्रहरीले  गैंडाकोट नगरपालिका–१४ स्थित भाग्दै गरेको अवस्थामा संजय गुरुङको साथबाट  हतियार फेला पारी संजय र आशिष समेतलाई पक्राउ गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077