Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसद बैठकको सुरुमै एमाले सांसदहरुको नाराबाजी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले संसद बैठकमा नाराबाजी गरिरहेका छन्।

संसदको १०औँ अधिवेशनको पहिलो र दोस्रो बैठकमा जस्तै बुधबार बसिरहेको तेस्रो बैठकमा पनि एमाले सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका हुन्।

यसअघि पनि एमाले सांसदहरूले एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै संसदको नवौँ अधिवेशनका सबै बैठकमा  नाराबाजी गरेका थिए।

उनीहरुले पार्टीले कारवाही गरेका नेकपा एकीकृत समाजवादीका सांसदहरुलाई बैठकमा उपस्थित हुन नदिनुपर्ने माग गर्दै सभामुखको राजिनामा समेत मागेका छन्।

बैठक जारी रहँदा 'गैरसांसद बैठक छोड, सभामुखले राजिनामा देउ'लगायतका नाराहरु लागाइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077