Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एमसीसीको समर्थन गर्नेहरु देशद्रोही हुन्, राष्ट्रप्रेमी कसैले पनि समर्थन गर्दैन: प्रेम सुवाल

काठमाडौँ । प्रतिनिधिसभा सदस्य प्रेम सुवालले अमेरिकी मिलिनियम सहयोग परियोजना (एमसीसी) सम्झौताको समर्थन गर्नेहरु राष्ट्रघाती भएको बताएका छन्।

बुधबार बसेको संसदको १०औँ अधिवेशनको तेस्रो बैठकमा बोल्दै सांसद सुवालले एमसीसी सम्झौता राष्ट्रघाती रहेको र यस सम्झौताको पक्षमा उभिने जो कोही पनि देशद्रोही हुने बताए।

'एमसीसी सम्झौता राष्ट्रघाती छ, यस सम्झौताको समर्थन गर्ने जो कोही पनि देशद्रोही हुन्, राष्ट्रघाती हुन्,' सुवालले भने,' देशप्रेमी कसैले पनि यसमा समर्थन गर्न सक्दैन।'

बैठकमा उनले एमसीसी सम्झौताको समर्थन गर्ने र समर्थनमा हस्ताक्षर गर्नेहरु सबै विदेशीहरुको  गोरो छालाको पछि लागेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077