Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • चार क्रिकेटरमाथिको कारबाही फिर्ता लिन क्यानका ६ सदस्यको माग (विज्ञप्तिसहित)

    चार क्रिकेटरमाथिको कारबाही फिर्ता लिन क्यानका ६ सदस्यको माग (विज्ञप्तिसहित)

    अनलाइन नेपाल
  • बुधबार, ७ पुष २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) कार्यसमितिका ६ जना सदस्यले राष्ट्रिय टिमका चार खेलाडीमाथि गरिएको कारबाही फिर्ता लिन माग गरेका छन् ।

    बुधबार पत्रकार सम्मेलनमार्फत एक विज्ञप्ति जारी गर्दै सदस्यहरु ऋषिराम गौतम, अमितवीर पाण्डे, करन महतरा, सञ्जयराज सिंह र छुम्बी लामाले राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीको जिम्मेवारी खोस्ने तथा खेलाडीहरु सोमपाल कामी र कमल सिंह ऐरीलाई सेन्ट्रल कन्ट्र्याक्टबाट हटाउने क्यानको निर्णय फिर्ता लिन माग गरेका हुन् ।



    “नेपाल क्रिकेट संघ विधि र पद्धतिअनुसार चलोस्, आर्थिक कारोबारलगायत विधानमा उल्लेख भएअनुसार पारदर्शी ढंगले कार्ययोजनाअनुसार सञ्चालन होस् भन्ने हाम्रो मान्यता हो । यदि संघमा त्यसो हुन सकेको छैन भने सम्बन्धित निकायलाई गम्भीर ध्यानाकर्षणसमेत गराउँदछौ । साथै नेपालमा सञ्चालन भएको ट्राई नेसन टी-२० क्रिकेट प्रतियोगितामा विजयी भएका खेलाडीहरूलाई पुरस्कार रकम उपलब्ध गराउन पहल गर्नुको साटो अनुशासनको नाममा नियोजित ढंगले राष्ट्रिय क्रिकेट खेलाडीमाथि गरिएको कारबाही फिर्ता लिन माग गर्दछौं,” तीन पानाको लामो विज्ञप्तिमा भनिएको छ ।



    यसअघि क्यानको २९ मंसिरको बोर्ड बैठकले कप्तान मल्ल र उपकप्तान दीपेन्द्रलाई पदमुक्त गर्दै २०२१ को सुरुआती ६ महिना केन्द्रीय सम्झौताबाट अलग राख्ने निर्णय लिएको थियो । यस्तै क्रिकेट टोलीको कप्तानीमा सन्दीप लामिछानेलाई नियुक्त गरेको थियो।

    हेर्नुहोस् विज्ञप्ति:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार