Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सन्दीपको निलम्बन फुकुवासँगै यस्ता छन् क्यानको बैठकले गरेका १३ निर्णय

    सन्दीपको निलम्बन फुकुवासँगै यस्ता छन् क्यानको बैठकले गरेका १३ निर्णय

    अनलाइन नेपाल
  • बुधबार, १८ माघ २०७९
  • 825
    SHARES

    काठमाडौं । पोखरामा बसेको नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले १३ वटा निर्णय पारित गरेको छ ।

    अध्यक्ष चतुर बहादुर चन्दको अध्यक्षतामा मंगलबार बसेको क्यानको बोर्ड बैठकले १३ निर्णय गरेको हो ।



    क्यानको बोर्ड बैठकले पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा देखि नेपाल टी-ट्वान्टी लिगको गभर्नीङ काउन्सिल विघटन, खेलाडीको सेन्ट्रल कन्ट्याक लगायतका विषयमा निर्णय गरेको छ ।



    बैठकले पहिलो निर्णयको रुपमा नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टिमको कप्तानमा गुल्सन कुमार झालाई नियुक्त गरेको छ ।

    त्यस्तै, संघको वार्षिक साधारण सभा आगामी फागुन १४ र १५ गते कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गर्ने निर्णय बैठकेले गरेको छ ।

    यस्ता छन् क्यानका निर्णयहरू

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार