Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नेपालगन्जमा नेपाल-भारत सीमा सुरक्षा सम्बन्धी बैठक

बाँके । नेपालगन्जमा भारतीय सुरक्षा अधिकारीहरु र नेपाली सुरक्षा अधिकारीहरुबीच सीमा सुरक्षा सम्बन्धी विषयमा छलफल हुने भएको छ।

बुधबार पश्चिम नेपालका सीमावर्ती जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरु र भारत यूपी, बिहारका ९ जिल्लाका सुरक्षा अधिकारी (डीएम)हरुबीच सीमा सुरक्षा सम्बन्धी विषयमा छलफल हुने भएको हो।

बैठकमा सीमामा हुने अपराधिक घटना र त्यसको नियन्त्रणका लागि दुई देशका अधिकारीहरुले खेल्नुपर्ने भूमिकाबारे छलफल गर्ने बताइएको छ ।

बैठकमा नेपालकोतर्फबाट लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका जिल्ला भारतसँग छोएका जिल्ला बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासी जिल्लाका सीडीओ, सशस्त्र र जनपद प्रहरी प्रमुखहरु, राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुखहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077