Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

एमसीसीबारे झमेला पार्ने काम तत्कालीन केपी ओली सरकारले गरेको छ : नेपाल

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीको विषयमा कुनै किसिमको सैनिक गठबन्धनमा नेपाली सहभागी नहुने र सुरक्षा रणनीतिको कुनै पनि क्याम्पमा नेपालले सहभागिता नजनाउने बताएका छन्।

छिमेकी देशलाई असर पर्ने कुनै पनि गतिविधिमा आफु सहभागी  नहुने र असर पर्ने कुनै पनि काम स्विकार्य नभएको बताएका छन् ।

गृह जिल्ला रौतहट पुगेका अध्यक्ष नेपालले वृन्दावन नगरपालिका–५ नरकटीयामा रहेको नवनिर्मित स्वास्थ्य चौकीको भवन उद्घाटन कार्यक्रममा बोल्दै एमसीसीबारे कार्यकर्तालाई बुझाउँदै भारत, चीन जस्ता छिमेकी देशलाई चित्त बुझाएर मात्र एमसीसी अगाडी बढाउने वा नबढाउने भन्ने निर्णय लिने बताए ।

एमसीसीको विषयमा गठबन्धन  भित्र छलफल  भैरहँदा एमसीसी बारे झमेला पार्ने काम तत्कालीन केपी ओली सरकारले गरेको नेता नेपालले आरोप लगाए ।

नेता नेपालले तत्कालीन केपी ओली सरकारले सल्लाह सुझावबिनै एमसीसीका नयाँ बुँदाको प्रस्तावमा हस्ताक्षर गरेर बिबादमा पारेकाले अहिलेको सरकारलाई समस्या भएको जिकिर गरे । ओली प्रधानमन्त्री हुँदा कसैसँग सल्लाह नगरी एमसीसी सम्झौतामा जथाभावी बुँदाहरु राखेर हस्ताक्षर गरेको आरोप लगाउँदै अहिले सरकार बाहिर बसेर तमासा हेरिरहेको अध्यक्ष नेपालले बताए । उनले छिमेकी देशहरुलाई चित्त बुझ्ने गरी सम्झौता हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077