Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • माओवादीबाट विजयी गाउँपालिका अध्यक्ष मियाँ एमालेमा प्रवेश, ओलीले स्वागत गर्ने

    माओवादीबाट विजयी गाउँपालिका अध्यक्ष मियाँ एमालेमा प्रवेश, ओलीले स्वागत गर्ने

    अनलाइन नेपाल
  • बिहिबार, ८ पुष २०७८
  • 1.1K
    SHARES

    काठमाडौँ । माओवादीबाट विजयी गाउँपालिका अध्यक्ष जालिम मियाँ एमालेमा प्रवेश गर्ने भएका छन् ।

    गत स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट पर्साको जगन्नाथपुर गाउँपालिकाको अध्यक्षमा विजयी भएका मियाँ एमालेमा प्रवेश गर्न लागेका हुन् ।



    मियाँलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने भएका छन् । जसका लागि अध्यक्ष ओलीसहित उपाध्यक्ष विष्णु पौडेलसहित आज बिहीबार पर्सा जाँदैछन ।



    माओवादी केन्द्रबाट सांसद उम्मेदवार मुसलिन मियाँ अन्सारीसहित सोही गाउँपालिकाका वडा अध्यक्षहरु पनि एमाले प्रवेश गर्ने कार्यक्रम तय भएको पर्सा जिल्ला कमिटीले जनाएको छ ।

    कार्यक्रम व्यवस्थापनका लागि स्थायी कमिटी सदस्य प्रभु साह, रघुवीर महासेठलगायत प्रदेश-२ का नेता पर्सा पुगिसकेका छन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार