Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विवेकशील साझाकी रञ्जु दर्शनाले गरिन् पार्टी परित्यागको घोषणा, भनिन्- 'आई एम अ फ्री बर्ड'

काठमाडौं । विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टी परित्याग गरेको घोषणा गरेकी छन् ।

नेतृ रञ्जुले बिहीबार एक वक्तव्य जारी गर्दै पार्टीमा लिएको जिम्मेवारीका साथै साधारण सदस्यसमेत नरहने गरी आफू संलग्न पार्टीबाट अलग भएको घोषणा गरेकी हुन् ।

अब एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीति रुपमा सक्रिय रहने उनको भनाइ छ । उनले अब आफू 'फ्री चरी' भएको पनि बक्तब्यमा उल्लेख गरेकी छिन्।

‘अहिले म संलग्न पार्टीले संघीय गणतान्त्रिक नेपालमा वैकल्पिक राजनीतिको खोल ओढेर अत्यधिक फोहोर गरिरहेको छ । जुन मैले सफा गर्ने कोशिस पनि गरें तर पूर्णरुपले सफा गर्न असमर्थ रहें । तसर्थ म यही संगठनमा बसेर नेपाली राजनीतिमा बसेर थप फोहोर बढाउन सक्दिनँ,’ दर्शनाले भनेकी छिन्।

यस्तो छ रन्जनाले जारी गरेको बक्तव्य:

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077