Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पञ्जाबस्थित लुधियाना अदालतमा भीषण बिस्फोट: दुई जनाको मृत्यु, चार घाइते

एजेन्सी । भारतको पञ्जाबस्थित लुधियाना अदालतमा भीषण बिस्फोट भएको छ । भारतीय मिडियाका अनुसार बिहिबार बिस्फोट अदालको तेस्रो तलामा भएको हो । उक्त बिस्फोटमा परी दुई जनाको मृत्यु भएको समाचारमा उल्लेख गरिएको छ। साथै बिस्फोटमा परी ४ जना गम्भीर रुपमा घाइते छन् । यो बिस्फोट तेस्रो तलको कोर्ट नम्बर ९ नजिकै बाथरुममा भएको हो । बिस्फोट हुँदा अदालतको पूरा भवन हल्लिएको थियो । भवनका झ्यालकाम सिसा चर्किएका छन् भने पार्किङमा राखिएका कारमा समेत क्षती पुगेको छ । घटनास्थलमा उपस्थितले सिलिन्डर पड्किएको आशंका जताएका थिए । प्रहरी र प्रशासनका अधिकारीले हाल बिस्फोटबारे कुनै बयान दिएका छैैनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077