Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भरुवा बन्दुकसहित २ जना पक्राउ

कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले भरुवा बन्दुकसहित २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा माछापुछ्रे गाउँपालिका-५ बस्ने ३४ वर्षीय गणेश गुरुङ र उनका साथी रहेका छन् । उनीहरुलाई पोखरा महानगरपालिका-३२ मजुवाबाटबिहीबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार तनहुँबाट पोखरातर्फ जाँदै गरेको ग.१३ प ८२०० नम्बरको मोटरसाइकललाई वडा प्रहरी कार्यालय गगनगौंडाको प्रहरीले जाँच गर्ने क्रममा गुरुङको झोलाभित्र उक्त बन्दुक फेला परेको थियो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077