Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रहरीकै मिलेमतोमा कैदी फरार भएको पुष्टि, प्रहरी जवानसहित ४ स्थानीय पक्राउ

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले घोराही कारागारका कैदीलाई भगाउन सहयोग गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार एक प्रहरी जवानसहित तीन जनाको मिलेमतोमा कैदीलाई भगाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पुष्टि समेत भएको छ ।

अहिले अनुसन्धानमै रहेकाले उनीहरूको नाम भने सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ ।

जिल्ला कारागार घोराहीको थुनामा रहेका राजपुर गाउँपालिकाका २८ वर्षीय जयराम परियार बिहीबार अस्पतालबाट भागेका थिए । घोराही कारागारका नाइके समेत रहेका परियार छालाको उपचारका लागि अस्पताल गएका बेला त्यहीबाट भागेका थिए।

प्रहरीले उनी भागेपछि उनलाई भगाउन सहयोग गरेको आरोपमा प्रहरी जवान धनबहादुर चौधरीलाई बिहीबार नै पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ।

घटना बिहानको समयमा भएको थियो, तर प्रहरी जवान चौधरीले साँझ ४ बजे मात्रै खबर गरेपछि उनकै मिलेमतोमा भगाइएको आशंका गरिएको छ। ती कैदीले सात वर्ष जेलजीवन बिताइसकेका थिए।

घटनाबारे थप अनुसन्धान जारी रहेको र परियारको खोजीमा डिएसपी मुकुन्द रिजालको कमाण्डमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077