Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माधव नेपाल पनि एमसीसीकै पक्षमा, सल्यानबाट आयो यस्तो खबर (भिडियो)

सल्यान । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अध्ययन गरेर मात्र एमसीसी सदनबाट पारित गराउने प्रक्रियाअगाडि बढाउनु पर्ने बताएका छन् ।

शुक्रबार सल्यानमा अगुवा कार्यक्रता भेलालाई सम्बोध गर्न पुगेका अध्यक्ष नेपालले आर्थिक सहयोग मात्र भए एमसीसी पास गर्नुपर्ने र अन्यथा पारित गर्न नहुने बताए ।

कार्यक्रममा नेपालले भने, ‘एमसीसीसम्बन्धी वास्तविकता के छ त्यो बुझ्छौं र जनताको चाहना के छ त्यो बुझ्छौं । त्यसपछि मात्र प्रक्रिया अगाडि बढाउँछौं, अमेरिकाले उपलब्ध गराउने आर्थिक सहयोग नि:स्वार्थ हो भने हामी स्वीकार्छौं।'

एमसीसी पास गर्ने अधिकार जनतामा रहेको त्यो विषयमा जनतामा लैजानु पर्ने अध्यक्ष नेपालको भनाइ छ।

हेर्नुहोस् भिडियो:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077