Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • १४ महिने बालक अपहरण गर्ने भारतीय युवक पक्राउ

    १४ महिने बालक अपहरण गर्ने भारतीय युवक पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ९ पुष २०७८
  • 1.3K
    SHARES

    फाइल तस्विर

    धनुषा। जिल्ला प्रहरी कार्यालय धनुषाले १४ महिने बालक अपहरणको आरोपमा एक भारतीय युवकलाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा भारतको बिहार राज्यको सितामढी ग्राम पञ्चायत बाजपट्टी– १० घर भई धनुषाको जनकपुरधाम उप–महानगरपालिका–१६ पुल चोकस्थित डेरामा बस्दै आएका २५ वर्षीय सुरेश ठाकुर रहेका छन् ।



    जनकपुरधाम उपमहानगरपलिका–१७ मनहरपुरका रासलाल मुखियाले आफ्ना १४ महिने छोरा कृष्ण मुखिया बुधवार साँझ करिब ७ बजेदेखि हराएपछि प्रहरीमा जानकारी गराएका थिए ।



    ठाकुरलाई बिहीबार अपराह्न करिब ४ बजे नगराईन नगरपालिका–२ स्थित नेपाल भारतको सीमानजिकै बच्चा लिएर भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार