Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • जनकपुरबाट अपहरण परेका बालकको सकुशल उद्धार, एक महिला पक्राउ

    जनकपुरबाट अपहरण परेका बालकको सकुशल उद्धार, एक महिला पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २१ असार २०७९
  • 996
    SHARES

    जनकपुरधाम । जनकपुरबाट तीन वर्षीय बालक अपहरणमा गरेको आरोपमा एकजना महिला पक्राउ परेकी छन् । बालक चोरी भएको दुई सातापछि महोत्तरीको पिपरा गाउँपालिका ४ बस्ने ६५ वर्षीया मैथुन खातुन पक्राउ परेकी हुन् ।

    जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले इलाका प्रहरी कार्यालय सहोडवा, महोत्तरीको सहकार्यमा अपहरणमा संलग्न महिलालाई घरबाटै पक्राउ गरिएको हो ।



    असार ६ गते उनले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ भ्रमरपुरा बस्ने हरिओम चौधरीका तीन वर्षीय छोरा सोहन कुमार चौधरीलाई लिएर बेपत्ता भएका थिए ।



    बालक सोहन घर अगाडि खेलिरहेका बेला ती महिलाले उठाएर भागेको सीसीटीभी फुटेजमा देखिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीका अनुसार मंगलबार आरोपित महिला मैथुनलाई उनकै घरबाट बालकसहित पक्राउ गरिएको हो ।

    उनीमाथि अपहरण तथा शरीर बन्धक मुद्दा चल्ने बताइएको छ । बालकलाई प्रहरीले परिवारको जिम्मा लगाएका छन् । ती महिलामाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार