Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • बालक अपहरण गरेको आरोपमा भारतीय महिला पक्राउ

    बालक अपहरण गरेको आरोपमा भारतीय महिला पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ५ असोज २०७९
  • 894
    SHARES

    चितवन । बालक अपहरण गरेको आरोपमा चितवन प्रहरीले महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको रहसी गाउँ घर भएकी ३८ वर्षीया अनिता पाल रहेकी छन् ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१७ गञ्जनगर घर भएका ४ वर्षीया बालकलाई पालले मंगलबार दिउँसो ललाइफकाइ लैजान लागेकी थिइन्।



    पालको व्यवहार शंकास्पद लागेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा उनले बालकको अपहरण गरी लैजान लागेको खुलेको छ ।



    पक्राउ परेकी पालविरुद्ध चितवन जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धकसम्बन्धी कसूरमा ४ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार