Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • तीन किलोग्राम अफिमसहित ४० वर्षीया महिला पक्राउ

    तीन किलोग्राम अफिमसहित ४० वर्षीया महिला पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १२ चैत्र २०७८
  • 1.1K
    SHARES

    फाइल तस्विर

    वीरगञ्ज । अवैध लागूऔषध अफिमसहित एक महिलालाई सशस्त्र प्रहरीले आज पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–७ का ४० वर्षीया रीनादेवी राम रहेको सशस्त्र प्रहरी बल १३ नं गणले जनाएको छ ।



    प्राप्त सूचनाका आधारमा वीरगञ्ज महानगरपालिका–५ भेडियाहीबाट अवैध रुपमा लुकीछिपी भारततर्फ लैजाँदै गरेको अवस्थामा ती महिलालाई तीन किलोग्राम अफिमसहित पक्राउ गरिएको गणका गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए ।



    पक्राउ परेका महिलालाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको पनि उनले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार