Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • ‘ब्रिटिस नागरिक हुँ’ भन्दै अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न महिला पक्राउ

    ‘ब्रिटिस नागरिक हुँ’ भन्दै अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न महिला पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २९ फाल्गुन २०७९
  • 519
    SHARES

    काठमाडौं । अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ललितपुर महालक्ष्मी महानगरपालिका -१ ठेगाना भएकी ३६ वर्षीय अन्जली बिसुन्केलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले टिकटकबाट १५ लाख ठगी गर्ने बिसुन्केलाई पक्राउ गरेको हो ।



    प्रहरीका अनुसार अन्जलीले सामाजिक संजाल टिकटकमा ब्रिटिस नागरिक ‘फ्रान्कलिन पल’ भएको दाबी गर्दै नेपाली महिलालाई ठगेकी हुन् ।



    पीडितको ह्वाट्सएपमा कुराकानी गर्दै अन्जलीले पीडितलाई उपहार पठाइदिन्छु भनेर लोभ देखाएकी थिइन् ।

    उनले जुत्ता, ब्याग, आईफोन, सुनका गरगहना र ७० हजार डलर पठाइदिने र त्यसका लागि डेलिभरी, भन्सार,बिमालगायतका विभिन्न शुल्क लाग्ने भन्दै पटक-पटक गरी १५ लाख २० हजार रुपैयाँ पठाउन लगाएकी थिइन् ।

    उनी उपर ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं जिल्ला परिसर टेकु पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार