Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

प्रहरी र सर्वसाधारणमाथि हतियार प्रहार गर्ने एक युवक पक्राउ

काठमाडौँ। प्रहरी र अर्को एक सर्वसाधारणलाई धारिलो हतियार प्रहार गर्ने एक व्यक्तिलाई महानगरीय प्रहरी परिसर काठमाडौँ पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा रामेछापको मन्थली लिखु घर भई हाल जरङ्खु बस्ने वर्ष २९ को शनि तामाङ रहेका छन् ।काठमाडौँ तारकेश्वर नगरपालिका–८ शेषमतीस्थित लामवजार नजिक सामान्य विषयमा विवाद हुँदा उनले सोही ठाउँका २९ वर्षीय सुवास तामाङलाई धारिलो हतियार खुकुरीले टाउको र घाँटीको पछाडिबाट हिर्काइ घाइते बनाएका थिए ।

 

त्यसपछि सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजु मातहत प्रभाग धर्मस्थलीमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । सोही क्रममा उनले प्रहरी माथि नै आक्रमण गरेका महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । दुवै घाइतेको ट्रमा सेन्टरमा उपचार गरिएको छ ।रासस 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077