Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

तारकेश्वरमा प्रहरीमाथि नै खुकुरी प्रहार, भाग्दै गर्दा यसरी परे पक्राउ

काठमाडौं । काठमाडौंको तारकेश्वरमा प्रहरीमाथि नै खुकुरी प्रहार भएको छ । आज साँझ एक जनालाई खुकुरी हानेर भाग्दै गरेकालाई समाउन खोज्दा प्रहरीमाथि नै खुकुरी प्रहार भएको हो।

दोलखा चरिकोट गाउँपालिका–१ का सुवास तामाङलाई खुकुरी प्रहार गरेर भागेका रामेछापका शनि तामाङलाई पक्राउ गर्न पुगेका महानगरीय प्रहरी प्रभाग धर्मस्थलीका प्रहरी नायब निरीक्षक पदम अवस्थीमाथि पनि खुकुरी प्रहार भएको हो ।

बालाजु प्रहरीका अनुसार तार्केश्वर नगरपालिका–८ शेषमती लामबगर नजिक सामान्य विषयमा विवाद हुँदा रामेछापको मन्थलीस्थित लिखु गाउँपालिका घर भई हाल तार्केश्वर नगरपालिका जरङ्खु बस्ने २९ वर्षीय शनि तामाङले सुवास तामाङलाई खुकुरी प्रहार गरेका थिए ।

टाउको र घाँटीको पछाडिको भागमा चोट लागेका तामाङको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

तामाङलाई घाइते बनाई भाग्ने क्रममा समाउन जाँदा प्रहरी नायब निरीक्षक पदम अवस्थीमाथि पनि शनिले खुकुरी प्रहार गरेका थिए । अवस्थीको टाउकोमा चोट लागेको छ । अवस्थिको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।

खुकुरी प्रहार गर्ने तामाङलाई भने प्रहरीको नियन्त्रणमा लिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077