Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

माओवादी केन्द्रको महाधिवेशन: विशेष अतिथिमा माधव नेपाल

काठमाडौं। नेकपा माओवादी केन्द्रको आठौं अधिवेशन काठमाडौंमा आइतबारबाट सुरु भएको छ ।

सो महाधिवेशनको विशेष अतिथिका रुपमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल सहभागी भएका छन् । अध्यक्ष नेपाललाई कार्यक्रम संचालन गरिरहेका पार्टीका नेता एवं अर्थमन्त्री जनार्दन शर्माले विशेष अतिथिको रुपमा आसन ग्रहण गराएका हुन्।

कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, नेकपा मालेका नेता सीपी मैनाली, राप्रपा महामन्त्री कुन्तीसहितका नेताहरूको उपस्थिति रहेको छ।

आइतबारबाट सुरु भएको महाधिवेशन बिहीबारसम्म चल्ने माओवादीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077