Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कुराले मात्र जनताको मन जित्न सकिँदैन, काम गरेर देखाउनुपर्छ: माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले देश र जनताका लागि अझै दलीय एकता र सहकार्य आवश्यक रहेको बताएका छन् ।

आइतबारबाट सुरु भएको नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले विचार र एजेण्डा फरक भए पनि देश र जनताका लागि अझै दलीय एकता आवश्यक रहेको बताए।

कार्यक्रममा निकै लामो समयसम्म सम्बोधन गरेका अध्यक्ष नेपालले जनताको विश्वास जित्न अत्याचार, असमानता, विभेद अन्त्य गरेर अघि बढ्नुपर्ने बताए।

‘कुराले मात्र जनताको मन जित्न सकिँदैन । काम गरेर देखाउनुपर्छ । यसका लागि दलहरुबीच, नेताहरुबीच छलफल गर्नुपर्छ,’ नेपालले भने ।

यस्तै, पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले कानुन र विधिको पालना गरेर अघि बढेमा देश समृद्धि हुने बताए ।  कुनै नेता विधि र कानुनमा बाँधिन नचाहने भएकाले अस्थिरता निम्तिएको उनको भनाइ छ।

राष्ट्रियताको सवालमा विमति राख्नुनपर्ने भन्दै अध्यक्ष नेपालले कुनै व्यक्ति र वंशको तानाशाही अस्वीकार्य हुने नबताए । व्यक्ति र वंशको तानाशाहीसँग जुधेर लोकतन्त्र ल्याएको भन्दै नेपालले सबैप्रति सम्मान भाव राखेर अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077