Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कुनै व्यक्ति वा वंशको तानाशाही स्वीकार्य हुँदैन: माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले इतिहास अघि बढिसकेको भन्दै अब पछाडि फर्कने कुनै सम्भावना नरहेको बताएका छन् ।

नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै नेपालले अब मुलुकमा कुनै व्यक्ति वा वंशको तानाशाही स्वीकार्य हुन नसक्ने बताए ।

नयाँ नेपाल निर्माण गर्ने हाम्रो मान्यता र विचार के हुन् भन्नेबारेमा दलहरुबीच छलफल गर्न जरुरी रहेको नेपालले औँल्याए । देशमा नागरिकको अधिकार ठुलो हुने र पार्टीमा कार्यकर्ताको अधिकार ठुलो हुने नेपालको भनाइ छ ।

महाधिवेशन आगामी बिहीबारसम्म चल्ने बताइएको छ। कार्यक्रममा प्रधनमन्त्री शेरबहादुर देउवासहित प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको उपस्थित रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077