Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

एमसीसीबारे देउवा: कहाँ छ राष्ट्रघाती ? पहिला अध्ययन गर्नुहोस्

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता कुनै राष्ट्रघाती नभएको पुन: दोर्याएका छन्।

आइतबारबाट सुरु भएको माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति देउवाले आफू पनि नेपाली राजनीति र देशको चिन्तक रहेको प्रष्ट पार्दै एमसीसीको अध्ययन गर्न सुझाए।

कार्यक्रममा छोटो सम्बोधन गरेका प्रधानमन्त्री देउवाले नेपाली राजनीतिको इतिहासमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ठूलो योगदान रहेको बताए ।

संबिधान निर्माणदेखि देशमा शान्ति सम्झौता गर्नसम्म प्रचण्डको निकै ठूलो योगदान रहेको देउवाको भनाइ छ। प्रचण्डको योगदानलाई भुल्न नहुने देउवाले बताए।

साथै, प्रधानमन्त्री देउवाले अहिलेको पाँच दलीय गठबन्धन निकै आगाडिसम्म लैजाने विश्वास दिलाए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077