Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सबैले आ-आफ्नो कमजोरी समीक्षा गरेर देश र जनताको हितमा लागौं: नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले राजनीतिक दलका नेताहरूले आ–आफ्नो कमजोरीको समीक्षा गरेर देश र जनताको पक्षमा काम गर्नुपर्ने बताएका छन् ।

माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले क्रान्तिकारी, समाजावादी, परिवर्तनकारी शक्ति मिलेर देश र जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिए ।

नेपाली जनताको आवश्यकता, देशको समृद्धिलाई केन्द्रमा राखेर महाधिवेशनमा छलफल हुने श्रेष्ठको भनाइ छ । समाजवाद उन्मुख शक्तिसँग सहकार्य गर्न तयार रहेको भन्दै उनले सच्चा कम्युनिष्ट पार्टीसँग एकता पनि सम्भव रहेको बताए ।

कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा,  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेकपा एमालेका महासचिव शंकर पोखरेल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राप्रपा महामन्त्री कुन्तीसहितका नेताहरूको उपस्थिति रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077